एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाडाैमा विधान महाधिवेशन …
माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका
काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले बुधबार विभाजित भएको हो ।
नेपालको नेतृत्वमा तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नेता नेपाल अध्यक्ष रहेको दलको नाम एमाले (समाजवादी) राखिएको छ भने सो पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ ।
बाँकी सबैको नाम केन्द्रीय सदस्यमा समावेश गरिएको जानकारी नेताहरूले दिएका छन् । केन्द्रीय कमिटीमा ९५ जनाको नाम …
अन्ततः फुट्नेनै भयो एमाले,घोषणा हुन बाकी
काठमाडौं । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू वैधानिक नभएको भन्दै खारेज गर्नुपर्ने मागसहित माधवकुमार नेपाल समूहले आइतबार मात्रै आठ पृष्ठ लामो निवेदन आयोगमा दर्ता गराएको हो । यो समूहले अदालतको फैसलाअनुसार २ जेठ २०७५ कै अवस्थामा एमाले फर्किनुपर्ने मागदाबी गरेको छ ।
‘फरक मत राख्नेहरूलाई निषेध गरेर बढ्ने काम भयो । त्यसैले अदालतको फैसला अनुसार पार्टी चल्नुपर्छ भनेर आयोगमा निवेदन दिएका छौं,’ नेता बेदुराम भुसाल भन्छन् । वार्ता र …
माओवादीको सरकार विस्थापित गराउँदै एमाले, प्रदेशमा पनि जसपाकै निर्णायक तह
काठमाडौं । सर्वोच्चको फैसलापछि ब्यूँतिएको नेकपा एमाले केही प्रदेशमा रहेका माओवादी सरकार पनि विस्थापित गर्ने अभियानमा लागेको छ । कर्णाली प्रदेशको माओवादी सरकारको समर्थन फिर्ता लिएर एमालेले त्यसको संकेत गरेको छ । सुदूरपश्चिम प्रदेशमा पनि सरकार हटाउने कोसिसमा उनीहरू लागेका छन् ।
एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ भने उहाँले अब विश्वासको मत लिनुपर्ने भएको छ । ४० सांसद रहेको कर्णाली प्रदेशमा विश्वासको मतका लागि २१ सांसद आवश्यक पर्छ ।
तर, १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रले विपक्षी कांग्रेसका ६ र राप्रपाको एक सांसदको …
संसदीय दलको बैठकमा सहभागी हुने नेपाल समूहको निर्णय
१३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ओलीको भण्डाफोरमा लाग्नुहोस्, आवश्यक परे पद त्याग्ने साहस गर्नुपर्छ : माधव नेपाल
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भण्डाफोर गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल-खनाल समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ओलीविरुद्धको भण्डाफोरमा लाग्नुहोस्, आवश्यक परेको खण्डमा पद त्याग गर्नका लागि तयार रहनुहोस्।’ उनले आफू निकटका नेताहरुलाई आवश्यक परेको खण्डमा पद त्याग गर्नसमेत तयार रहन आग्रह गरेका छन्।
‘कारवाही गर्ने कुरामा ओलीलाई सजिलो छैन। जनप्रतिनिधिले पार्टी त्याग गरेर अर्को पार्टीमा गएको खण्डमा मात्रै हटाउन पाउँछन्। नत्र कानुनी रुपमा सक्दैनन्’ उनले भने।
उनले सबै आफ्ना नेता कार्यकर्तालाई जस्तोसुकै परिस्थितीको सामना गर्न तयार भएर …
ओलीको तर्क : माओवादीसँग तत्काल सहकार्य र एकता सम्भावना छैन
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग तत्काल कुनै सहकार्य र एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा उनले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।
‘हामी पार्टीलाई अब विल्कुलै नयाँ शिराबाट लान चाहान्छौँ। त्यसैले अहिले माओवादीसँग एकताको कुनै सम्भावना छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामीसँग विचार मिल्नेहरूलाई सँगै लिएर अगाडि बढ्छौँ।’
उनले पार्टीलाई नयाँ शिराबाट लाने भएकाले कसैलाई छुवाछुत नगरी अगाडि बढ्नेसमेत बताए। ‘हाम्रो विचारसँग नजिक रहेको दल वा व्यक्तिसँग हाम्रो निरन्तर सहकार्य हुन्छ’, ओलीले भने।
उनले बैठकमा विधान संशोधन किन …
केपी ओलीको अहंकार र व्यक्तिवाद नै सबै समस्याको जड हो : माधव नेपाल
४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।
ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने ।
ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भने ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो …