+
+
-- Sponsored Ad --

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

478 पटक हेरिएको
Clock २०७८ भाद्र २, बुधबार २०:५७
-- Sponsored --

काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले बुधबार विभाजित भएको हो ।

नेपालको नेतृत्वमा तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नेता नेपाल अध्यक्ष रहेको दलको नाम एमाले (समाजवादी) राखिएको छ भने सो पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ ।

बाँकी सबैको नाम केन्द्रीय सदस्यमा समावेश गरिएको जानकारी नेताहरूले दिएका छन् । केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ । एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ताको निर्णय गरेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले ३१ जना सांसद् आफ्नाे साथमा रहेकाे बताउनुभयाे ।

एमालेभित्र ओलीले गरेको व्यवहार, पटक–पटक संसद भंगको परिणाम स्वरुप नयाँ दल दर्ता भएको जनाउँदै पाण्डेले छिट्टै पार्टीले राष्ट्रिय सम्मेलन आयोजना गर्ने जानकारी दिनुभयो । नयाँ दल दर्ता भए पछि सरकारमा सहभागी हुने रणनीति पनि लिइएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले बनेको थियो ।

२४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो । नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुग्दा नेपाल समुहमा रहेका भनिएका अमृत कुमार बोहोर, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली, योगेश भट्टराई लगायतका नेताहरू भने देखिएनन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win