+
+
-- Sponsored Ad --

एक हप्तासम्म वस्तु आयात नगर्ने बैंकर्स संघको निर्णय

528 पटक हेरिएको
Clock २०७८ चैत्र २७, आईतवार १८:०५
-- Sponsored --

२७ चैत, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतितपत्र (एलसी) खोल्ने काम ठप्प पार्ने निर्णय गरेको छ । बैंकहरुले एलसी नखोल्दा बाहिर देशहरुबाट आयात हुने क्रम घट्नेछ ।

आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी खोल्दै नखोल्ने निर्णय गरेको हो । बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको छ ।

‘राष्ट्र बैंकले केही समयलाई विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको हो, कहिलेसम्म नखोल्नु भन्ने कुरा उल्लेख भएको थिएन’ बैंकर्स संघका एक सदस्यले भने, ‘कम्तिमा एक हप्ता चाहिँ अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी ठप्पै पारौ भन्ने निर्णय भएको हो ।’

कम्तिमा एक हप्ता ठप्प बनाउने र त्यसपछि आवश्यकताका आधारमा निर्णय गर्नुपर्ने संघको निर्णय छ । राष्ट्र बैंकले केही दिन पहिले सबैं बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो । बैंकहरुले आफूआफू निर्णय कार्यान्वयन गरे पनि संघमा भने आइतबार पहिलो पटक अत्यावश्यक बाहेकको एलसी ठप्पै पार्ने सहमति भएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win