+
+
-- Sponsored Ad --

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सम्पन्न

360 पटक हेरिएको
Clock २०७८ कार्तिक १४, आईतवार २०:२८
-- Sponsored --

कात्तिक १४, काठमाडौं ।। बलिउड चलचित्र ‘उचाइ’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । 

दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्य तालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रवार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए । 

चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिवार एयर इन्डियाको विमानमार्फत भारत फर्किएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win