0 प्रतिक्रिया
गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट
कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट माग्नुभएकाे छ ।
गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले कैलाली पुगेर भने गठबन्धनका बागी उम्मेदवारलाई भोट माग्नुभएको हाे । कैलालीको कैलारी गाउँपालिका पुग्नु भएका दाहालले आज साेमबार गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार लक्ष्मी सत्गौवालाई भोट माग्नु भएको हो ।
नेपाली कांग्रेसले उपाध्यक्षमा भगवती चौधरीलाई उम्मेदवार बनाएकाे छ । तर उपाध्यक्षकी कांग्रेस उम्मेदवार विरुद्ध माओवादीकी लक्ष्मी सत्गौवाले उम्मेदवारी दिनुभएकाे छ ।
बागी उम्मेदवारी दिनुभएकी सत्गौवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोट माग्नुभएको हाे ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




