दिपेन्द्र रेग्मि, असोज ७, कावासोती।। नवलपुरको कावासोतीमा नवलपुर कलर हाउसले आफ्नो सेवाको सुभारम्भ गरेको छ ।
कावासोती नगरपालिका ५ रामनगर चोकमा सेवा सुभारम्भ गरेको नवलपुर कलर हाउसमा विभिन्न कम्पनीका रङ्ग रोगनका सामानहरु पाईने कम्पनिका प्रोप्राईटर दुर्गा मल्लले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि कावासोतिमा रहि विभिन्न व्यवसायहरु सञ्चालन गरिरहेको नवलपुर ट्रेडर्स एण्ड सप्लायर्सको नयाँ पसलले ब्राण्डेड कम्पनिका रङ्ग रोगनका साथै रङ् लगाउन आवश्यक सम्पूर्ण सामानहरु होलसेल तथा खुद्रा मुल्यमा उपलब्ध गराउने कम्पनिले बताएको छ ।
साथै अनुभव प्राप्त व्यक्तिहरुबाट रङ्ग रोगनका कार्यहरु पनि गरिने र सामानको होम डेलिभरिको समेत व्यवस्था रहेको प्रोप्राईटर मल्लले बताउनुभयो ।
वडा नं. ५ रामनगर चोकबाट सेवा सुभारम्भ गरेको कम्पनिले नवलपुर सहित आसपासका जिल्लाहरुमा समेत कर्मचारि खटाएरै सेवा दिईरहेको मल्लको भनाई छ ।
नवलपुर कलर हाउस टाटा, सुर्योदय र युरो पेन्ट्सको नवलपुरको आधिकारिक विक्रेता समेत रहेको छ ।
१ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार
१७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…
विस्तृत.....