+
+
-- Sponsored Ad --

नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

426 पटक हेरिएको
Clock २०७९ जेष्ठ ९, सोमबार १६:२३
-- Sponsored --

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि उनीहरु प्रहरी अतिरिक्त महानिरीक्षक बन्नेछन् ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win