राती फुल्ने बिहानै झर्ने, औषधीय गुणले भरिपूर्ण पारिजात ।

काठमाडौं । राती फुल्ने र बिहानै झर्ने बिरुवा पारिजातको फूल औषधीय गुणले भरिपूर्ण हुन्छ भन्दा तपाईंलाई पत्यार नलाग्ला । तर, जसलाई पवित्र फूलको रुपमा घरघरमा रोपिन्छ यसमा औषधीय गुण भरिपूर्ण हुन्छ ।

पारिजातलाई चमेली फूलसँग तुलना गरिने पारिजात सुन्दरता र सुगन्धका लागि पनि प्रसिद्ध छ । रातमा फूल्ने र बिहानै झर्ने विशेषताका कारण यसलाई ‘क्वीन आफ दी नाइट’ पनि भनिन्छ ।

यो बिरुवाले घर र बगैंचाको सौन्दर्य मात्र बढाउने काम गर्दैन । यसको मिठो सुगन्धले सम्पूर्ण वातावरणलाई ताजगी बनाउन मद्दत गर्छ । नेपालीहरुको घरघरमा रोपिने सुगन्धित पारिजातको औषधीय गुणबारे अनभिग्य हुँदा यतिकै खेर गइरहेको हुन्छ । आज हामी तपाईंहरुलाई पारिजातका धार्मिक र औषधीय गुणबारे जानकारी दिनेछौँ ।

औषधीको गुणले भरिपूर्ण वनस्पतीः
पारिजातको पात गाढा हरियो रङको र औषधीय गुणले भरिपूर्ण हुन्छ । यसको फूल सेतो रंगको र बीचमा सुन्तला रंगको हुन्छ जसले यसलाई अझ आकर्षक बनाएको छ । यसको फूलको सुगन्धले सबैलाई आफूतर्फ आकर्षित गर्छ । यो एक मध्यम आकारको रूख हो, जुन लगभग १०–१२ फिटको उचाइको हुन्छ । यसको औषधीय गुणले यसलाई अन्य बिरुवाहरू भन्दा फरक बनाउँछ । यसको पातमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणहरू प्रशस्त हुन्छन् । यसको फूलको ग्रिन टि पिउँदा शरिरमा स्फूर्ति बढ्छ । यसको पात पानीमा पकाएर काँडा पिउँदा पेटको बिकार कम हुन्छ ।

मलेरिया र भाइरल ज्वरोमा फाइदाजनकः
औलो र भाइरल ज्वरोमा पनि पारिजात उपयोगी छ । यसको पातको पानीले मलेरिया र डेंगु जस्ता ज्वरोको उपचारमा मद्दत गर्छ। यसका साथै यसले घाँटी दुख्ने, रुघाखोकी र खोकीबाट पनि राहत दिन्छ । पारिजातको नियमित प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

धार्मिक र परम्परागत महत्वः
पारिजात फूलको धार्मिक र परम्परागत महत्व पनि छ । पारिजातलाई पूजाआजामा प्रयोग गरिन्छ । यसको फूलबाट सुन्तला रंग बनाइन्छ, जुन परम्परागत लुगा लगाउन उपयोगी हुन्छ । प्राचीन कालदेखि नै धार्मिक कार्यक्रममा यसको प्रयोगलाई शुभ मानिन्छ । यसको उपस्थितिले वातावरण शुद्ध र सकारात्मक बनाउँन मद्दत गर्छ ।

आयुर्वेदमा पारिजातको महत्वः
पारिजातको औषधीय गुणले यसलाई विशेष बनाउँछ । यसको पात, फूल, बोक्रा र बीउ सबै औषधीय तत्वले भरिपूर्ण हुने आयुर्वेदिक चिकित्सकहरु बताउँछन् । यसको पातलाई पानीमा पकाएर बिहान सेवन गर्दा जोर्नी दुख्ने समस्यामा आराम मिल्छ । यसको फूललाई तेलमा मिसाएर लगाउँदा कपाल झर्ने र छालाको समस्या समाधान हुने गर्छ ।

पौराणिक कथाः स्वर्गबाट पृथ्वीमा ल्याइएको बिरुवाः
आयुर्वेदिक चिकित्सकहरुका अनुसार पारिजातलाई ‘दुःखको रुख’ पनि भनिन्छ किनभने यसको फूल बिहानै झर्छ । पौराणिक कथाहरूमा यसलाई स्वर्गबाट पृथ्वीमा ल्याइएको उल्लेख छ । यो बिरुवा प्रकृतिको एक अद्भूत उपहार हो, जो देवताहरुसँग सम्बन्धित छ । यो बिरुवालाई मानिसको जीवनमा सुख शान्ति ल्याउने प्रतीकको रुपमा पनि लिइन्छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ३, बिहीबार ११:५९
  • 150 views
एचपीभी खोप लगाउन किन जरुरी छ?

कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

विस्तृत.....

  • २०८१ पुष २८, आईतवार २२:१५
  • 65 views
पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *