+
+
-- Sponsored Ad --

३९ औं युनाईटेड गोल्ड कप आजदेखि, युवा तथा खेलकुद मन्त्री चौधरीले उदघाटन गर्ने

92 पटक हेरिएको
Clock २०८२ भाद्र ६, शुक्रबार ०७:५१
-- Sponsored --

कावासोती । नवलपुरको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको मोफसलकै प्रतिष्ठित युनाईटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३९ औं संस्करण आज (भदौ ६ गते) देखि सुरु हुदै छ ।

“राष्ट्रिय गरिमा सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने “युनाइटेड गोल्ड कप” फुटबल प्रतियोगिताको ३९ औं संस्करणको उदघाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले हुप्सेकोट-३ मा रहेको सरस्वती मा.बि. को खेल मैदानमा गर्नेछ्न ।

 

देशभरका १६ वटा फुटबल क्लब र चर्चित खेलाडीहरु सहभागी हुने प्रतियोगिताको उदघाटन खेलमा देउराली एकीकृत बेलाहानी र भैरव स्पोर्ट्स गोपिगन्जले प्रतिस्पर्धा गर्ने खेल संयोजक हरि थापाले जानकारी दिए ।

FB IMG 1755786942926

प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक थापाका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै बिदेशी खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै बिदेशी खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको खेल संयोजक थापाले बताए ।

निरन्तर ३९ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको खेलकुद आयोजनाका रुपमा लिईन्छ । क्लबले हरेक बर्ष हरितालिका तिजका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win