+
+
-- Sponsored Ad --

पेट्रोल र डिजेलको खरिद लागत मूल्य २०० रुपैयाँ नाघ्यो

310 पटक हेरिएको
Clock २०७९ असार २, बिहीबार १८:४७
-- Sponsored --

२ असार, काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ ।

निगमका प्रवक्ता उपाध्यायले बिहीबार जारी गरेको विज्ञप्तिमा खाना पकाउने ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको उल्लेख छ । नयाँ मूल्य सूची पनि निगमको अनुमानित १५ दिनको घाटा ४ अर्ब ८१ करोड ९१ लाख नाघ्ने अनुमान छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win