+
+
-- Sponsored Ad --

दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

309 पटक हेरिएको
Clock २०७९ असार ४, शनिबार १७:२३
-- Sponsored --

काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीलाई गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरिएकाे ।

तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको हाे। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले अनुमान गरेकाे छ। पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबार मात्र घटनाको विषयमा जानकारी पाएको थियो ।

पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win