स्याङ्जा जिल्लामा ३० जनामा कोरोना संक्रमण

  • समाचार
  • २०७८ श्रावण ४, सोमबार २३:२२

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १०० जना पुरुष तथा ९७ जना महिला गरी १९७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४१७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९७ सहित मनाङका १ जना, पर्वतका ३९ जना, गाेरखाका ४९ जना, लमजुङका १५ जना, तनहुँका २४ जना, बाग्लुङका ७ जना, स्याङ्जाका ३० जना र नवलपुरका ५५ जना गरी प्रदेशका ९ जिल्लामा २१३ पुरुष तथा २०४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ९२३ पुगेको छ। पछिल्लो २४ घण्टामा २९४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३१ पुगेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 27 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *