0 प्रतिक्रिया
पर्वत समाज कावासोतिको तदर्थ समिती गठन
कावासोती : पर्वतबाट कावासोती आएर बसोबास गर्दै आएका कावासोती बासिको शनिवारको प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिती गठन गरेको छ।
गगन कुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती तथा झपेन्द्रस्वर भुसालको नेतृत्वमा २१ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हो ।
गठित नगर समिती अन्तर्गत गठन भएको युवा विभागको संयोजकमा कृष्ण भुसाल,महिला विभाग संयोजक पुस्पा बस्याल,सुचना प्रविधी विभाग रामु काफ्ले ,वैदेशीक रोजगार विभाग प्रमुखमा रमाकान्त काफ्ले रहेका छन भने आर्थिक तथा वित्तीय व्यवस्थापन संयोजकक रुपमा यम न्यौपाने रहेका छन ।
पर्वत कावासोती समाजको कतिपय वडा तथा पदाधिकारी भुगोलको आधारमा परिपुर्ति गर्ने हेतुले रिक्त राखीएको तदर्थ समितिका अध्यक्ष गगन न्यौपानेले बताए।
कावासोती २ मा रहेको शिव सामुदायिक बनको भवन परिसरमा आयोजित कार्यक्रम बाट गठन गरिएको तदर्थ समितिले विधान निर्माण गरि जिल्ला प्रशासनमा दर्ता गर्ने,वडा वडामा रहेका पर्वत मुल घर भएका व्यक्ती तथा संख्या पहिचान गरि तथ्यांक संकलन गर्ने तथा अधिवेशन गरेर आधिकारिक समितिलाइ जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको कार्यक्रमका सहजकर्ता किरण भुर्तेलले जानकारी दिए ।



