+
+
-- Sponsored Ad --

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

258 पटक हेरिएको
Clock २०७९ पुष १४, बिहीबार १५:५४
-- Sponsored --

१५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् ।

दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win