+
+
-- Sponsored Ad --

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

300 पटक हेरिएको
Clock २०७९ असार ५, आईतवार १३:३९
-- Sponsored --

काठमाडौं । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले शीर्ष नेताहरुको बैठक बसेको तर बैठकमा के विषयमा छलफल भएको हो भन्ने विषयमा भने आफूलाई जानकारी नभएको बताउनुभयो ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win