+
+
-- Sponsored Ad --

पर्यटनलाई केन्द्रमा राखेर पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

351 पटक हेरिएको
Clock २०७९ असार ८, बुधबार १४:३७
-- Sponsored --

पोखरा । पोखरा महानगरपालिकाले पर्यटनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार मेयर धनराज आचार्यले पोखरा सभागृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममा पर्यटनलाई केन्द्रमा राखी समस्याको सम्बोधन र समाधान खोज्ने उल्लेख छ ।

आफ्नो घोषणापत्रलाई नै आधार बनाएर आचार्यले कृषि, स्वास्थ्य र पूर्वाधार, शिक्षा, समतामुलक समाजको विकास, सुशासन, वित्तिय पहुँच लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्नुभएको छ ।

मेयर आचार्यले आगामी वर्ष सडकलाई पूर्ण रूपमा छाडाचौपायामुक्त बनाइने, सार्वजनिक पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक व्यवस्थापन गर्नुका साथै ल्याण्डफिल्ड साइट, पोखरा सिटी र क्षेत्रीय तथा टुरिस्ट बसपार्कलाई व्यवस्थित बनाउने बताउनुभयो ।

कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरि कृषकलाई प्राविधिक कृषिमा प्रोत्साहन, पोखरामा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गरि पोखरेली ब्रान्डको स्थापना, बेरोजगारीको तथ्याङ्क संकलन गरी रोजगारीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई तालिमको व्यवस्थापन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

३३ वटै वडामा एक उद्योग, एक सहकारीको व्यवस्थापन, खेल क्षेत्रको विकास, उत्कृष्ट खेलाडीलाई सम्मान, गुणस्तरीय र विशेषताकृत अस्पतालको निर्माण, कास्कीमा रहेका तालहरु सौन्दर्यकरण, लेक टु लेक कनेक्टिभीटीको सम्भाव्यता अध्ययन, सार्वजनिक जग्गाको मापदण्ड तय गरिने मेयर आचार्यले निति तथा कार्यक्रम सार्वजनिकका क्रममा बताउनुभयो ।

लेकसाइडसम्मको सडकको सौन्दर्यीकरणको विषय पनि कार्यक्रममा प्राथमिकताका साथ समेटिएको मेयर आचार्यले बताउनुभयो ।

‘पर्यटन स्थल, सम्पदाहरूलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने, कतिपय दीर्घकालीन महत्व राख्ने पोखराको परिचयसँग जोडिएको वहुवर्षीय योजनाहरू पनि छन्,’ उहाँले थप्नुभयो, ‘खासगरी यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने कार्यक्रम रहेको छ ।’

स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । पोखराको बजेट १० गते पोखरा सभागृहमै प्रस्तुत हुँदैछ ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win