+
+
-- Sponsored Ad --

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

42 पटक हेरिएको
Clock २०८२ भाद्र २३, सोमबार १६:०१
-- Sponsored --

काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ र केएमसी अस्पतालमा १ जना गरी ९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

ट्रमा सेन्टरमा ४० जनाको उपचार भइरहेकोमा एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। घाइतेमध्ये १५ जनाको स्वास्थ्य अवस्था सामान्य छ। यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० जना घाइतेको उपचार भइरहेको छ

बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली चलाएको थियो। प्रदर्शनका क्रममा केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका छन् । 

सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ। सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win