+
+
-- Sponsored Ad --

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

320 पटक हेरिएको
Clock २०७९ असार १४, मंगलवार ११:२३
-- Sponsored --

१४ असार, काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ ।

टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन ।

सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।

घटनास्थल अमेरिका–मेक्सिको सिमानाभन्दा करिब २५० किलोमिटर टाढा पर्दछ । टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सिमानाको घातक नीतिका कारण यो घटना भएको भन्दै राष्ट्रपति जो बाइडनको आलोचना गरेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win