+
+
-- Sponsored Ad --

बुटवलमा जंगली च्याउ खाँदा ६ जना सिकिस्त बिरामी

239 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १२:३८
-- Sponsored --

१६ असार बुटवल ।  बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त परेका छन् ।

बुटवल उपमहानगरपालिका- १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् ।

बिरामीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

बिरामी परेका सबैको बेहोस् अवस्थामा उद्धार गरिएको हो ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win