0 प्रतिक्रिया
घाटमा जलाउँदै गरेको १४ वर्षे किशोरीको शव प्रहरी नियन्त्रणमा
१६ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । घरका लोग्ने मानिस पनि सबै फरार छन, उनीहरुको खोजी र्भरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ । घटनाबारे प्रहरीमा जाहेरी दिने मानिस पनि कोहि आएका छैनन् । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अगडि बढाउने प्रहरीको तयारी छ ।
स्थानीयबासिन्दाका अनुसार महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध थियो । यसबारेमा चर्चा भएपछि उनलाई अभिभावकले सम्झाइ बुझाइ समेत गरेका थिए । उनले आफूले केटा छोड्न नसक्ने बताएपछि अभिभावकले मनसिक र शारीरिक यातना समेत दिने गरेको गाउँलेले बताएका छन् ।
उनले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउन थालेका थिए ।



