+
+
-- Sponsored Ad --

राज्यमन्त्रीले भने : भारतले बक्यौता नतिरे तेल दिन्न भनेको छ, निगम भन्छ–जानकारी छैन

292 पटक हेरिएको
Clock २०७९ असार १७, शुक्रबार १५:४४
-- Sponsored --

१७ असार, काठमाडौं । प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिदबापतको बक्यौता नतिरे तेल आयात रोक्ने चतावनी दिएको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आफूलाई यस्तो जानकारी दिएको बताएका हुन् ।

‘अघि भर्खर म उद्योगमन्त्री ज्यूसँग भेटेर आएँ,’ उनले भने, ‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भनेर भारतले भनिरहेको छ ।’

तर, नेपाल आयल निगमले भने बक्यौता नतिरे तेल बिक्री रोक्ने भन्ने कुनै आपचारिक जानकारी नभएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्ययले यस्तो कुरा पहिलो पटक सुनेको बताए ।

निगमलाई अहिले कुल २३ अर्ब रुपैयाँ घाटा छ । निगमले विभिन्न स्रोतबाट रकम जुटाएर पैसा तिरिरहेको छ ।

‘तेल रोक्ने खालको कुनै पनि यस्तो जानकारी हामीलाई छैन,’ उपाध्ययले भने, ‘भारतीय पक्षबाट यस्तो जानकारी आउने भए नेपाल आयल निगमलाई कुनै न कुनै हिसाबले जानकारी हुन्थ्यो ।’

भ्याट फिर्ता, बैंकबाट लिने ऋणको प्रक्रिया अघि बढेको र नियमित बिक्रीबाट आउने रकमबाट भारतीय आयल निगमको भुक्तानी नियमित गरिरहेको प्रवक्ता उपाध्ययको भनाइ छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win