+
+
-- Sponsored Ad --

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिने

457 पटक हेरिएको
Clock २०७९ असार १८, शनिबार १५:४६
-- Sponsored --

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने हुनुभएको छ ।

शनिबार काठमाडौंमा बसेको बागमती प्रदेशको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले राजेन्द्र पाण्डेले राजीनामा दिनुपर्ने निष्कर्ष ननिकालेको सांसद कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

‘मुख्यमन्त्रीले राजीनामा दिने प्रश्नै उठ्दैन,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय गठबन्धनबाट सरकार बनेकाले केन्द्रीय गठबन्धनको निर्णयअनुसार नै मुख्यमन्त्रीले कदम चाल्नुहुन्छ ।’

सांसद शर्माले तल भएका हल्ला र चलखेलले कुनै अर्थ नराख्ने बताउँदै माथिको निर्णयअनुसार नै सबैकुरा हुने स्पष्ट पार्नुभयो ।

केन्द्रीय गठबन्धनले हरेक पार्टी र प्रदेश सरकारको टुंगो लगाएको अवस्थामा बागमती प्रदेशमा राजीनामा दिनुपर्ने भए अन्य प्रदेशका मुख्यमन्त्रीले पनि राजीनामा दिनुपर्ने उहाँको तर्क छ ।

सञ्चारकर्मीले सोधेको आधा–आधा कार्याकालको पत्रको सन्दर्भमा जवाफ दिँदै उहाँले पत्रको केही अर्थ नहुने र केन्द्रीय गठबन्धन नै सबैथोक भएको दोहोर्याउनुभयो ।

सांसद शर्माले बैठकमा बजेट कार्यान्वयन, छुटेका योजनाहरूको समावेश र अगामी प्रदेश सरकार निर्वाचनको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win