+
+
-- Sponsored Ad --

चिसोबाट ओठलाई जोगाउन यसो गर्नुहोस्

220 पटक हेरिएको
Clock २०८१ मंसिर १९, बुधबार २१:१३
-- Sponsored --

काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा धेरै मानिसहरुलाई ओठ फुट्ने समस्याले सताउने गर्छ । जाडो याममा  चिसो हावाका कारण छाला सुख्खा हुने भएकाले ओठ फुट्न थाल्छ । यस समस्याबाट बच्नका लागि धेरै घरेलु तथा आयुर्वेदिक उपायहरू उपलब्ध छन् । यी उपाय अपनाएर  ओठलाई नरम राख्न सकिन्छ ।

घिउ वा मक्खन  लगाउने : घिउ र मक्खन दुवै छालाको लागि धेरै राम्रो हुन्छ । जाडोमा राती सुत्नुअघि ओठमा घिउ वा बटर लगाउनुहोस् । यसले प्राकृतिक मोस्टराइजरको रूपमा काम गर्छ ।ओठलाई  नरम बनाउन मदत गर्छ । 

मह मह सिधै ओठमा लगाउनुहोस् र केही समय पछि धुनुहोस् यसले ओठलाई नरम र स्वस्थ राख्छ । 

नरिवलको तेल  : नरिवलको तेलमा एन्टिअक्सिडेन्ट  र एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ  जसले सुक्खा र फुटेको ओठलाई निको पार्न मदत गर्छ ।  जाडोको दिनमा धेरै पटक नरिवलको तेल प्रयोग  गर्नुहोस् यसले ओठलाई नरम र स्वस्थ राख्छ । 

एलोभेरा जेल  : एलोभेरा जेल ओठ सुन्निने र जलन कम गर्न प्रयोग गरिन्छ । यो चिसो हुन्छ जसले गर्दा ओठलाई राहत प्रदान गर्छ र ओठ फुट्नबाट रोक्छ । 

 

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win