चिसोबाट ओठलाई जोगाउन यसो गर्नुहोस्

काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा धेरै मानिसहरुलाई ओठ फुट्ने समस्याले सताउने गर्छ । जाडो याममा  चिसो हावाका कारण छाला सुख्खा हुने भएकाले ओठ फुट्न थाल्छ । यस समस्याबाट बच्नका लागि धेरै घरेलु तथा आयुर्वेदिक उपायहरू उपलब्ध छन् । यी उपाय अपनाएर  ओठलाई नरम राख्न सकिन्छ ।

घिउ वा मक्खन  लगाउने : घिउ र मक्खन दुवै छालाको लागि धेरै राम्रो हुन्छ । जाडोमा राती सुत्नुअघि ओठमा घिउ वा बटर लगाउनुहोस् । यसले प्राकृतिक मोस्टराइजरको रूपमा काम गर्छ ।ओठलाई  नरम बनाउन मदत गर्छ । 

मह मह सिधै ओठमा लगाउनुहोस् र केही समय पछि धुनुहोस् यसले ओठलाई नरम र स्वस्थ राख्छ । 

नरिवलको तेल  : नरिवलको तेलमा एन्टिअक्सिडेन्ट  र एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ  जसले सुक्खा र फुटेको ओठलाई निको पार्न मदत गर्छ ।  जाडोको दिनमा धेरै पटक नरिवलको तेल प्रयोग  गर्नुहोस् यसले ओठलाई नरम र स्वस्थ राख्छ । 

एलोभेरा जेल  : एलोभेरा जेल ओठ सुन्निने र जलन कम गर्न प्रयोग गरिन्छ । यो चिसो हुन्छ जसले गर्दा ओठलाई राहत प्रदान गर्छ र ओठ फुट्नबाट रोक्छ । 

 

 

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार ११:५९
    • 147 views
    एचपीभी खोप लगाउन किन जरुरी छ?

    कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 65 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *