0 प्रतिक्रिया
सभामुख सापकोटा आज स्वदेश फर्किंदै
१९ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो ।
सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ ।
बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता पनि गरेका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



