+
+
-- Sponsored Ad --

रजहरमा कोभिड १९ रोकथाम सम्बन्धी सामुदायक सचेतना कार्यक्रम सम्पन्न

863 पटक हेरिएको
Clock २०७८ बैशाख १८, शनिबार ०९:०१
-- Sponsored --

देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं १६ रजहरमा कोभिड -१९ रोकथाम सम्बन्धी सामुदायक सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिवार देवचुली वडा नं १६ को वडा कार्यालय भवनमा देवचुली नगरपालिका शिक्षा शाखा र स्वास्थ्य शाखाको सहआयोजना साथै रजहर सामुदायिक शिकाई केन्द्र को आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रशिक्षकको रुपमा देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अ.हे.व शिव पराजुली, पिताम्बर भुर्तेल रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक पराजुलीले कोरोना भाइरसको कारणले संसारका सबै देशहरुको स्वास्थ्य प्रणाली, सामाजिक तथा आर्थिक पक्षलाई गम्भिर प्रभाव पारेको र विशेष गरि श्वासप्रश्वास प्रणालीमा सामान्य देखि गम्भिर असर पर्ने, रोगबाट संक्रमीत व्यक्तिहरुको संख्या, संक्रमण दर र जटिलता हेर्दा निम्न समुहका व्यक्तिहरुमा संक्रमणको अवधि र संक्रमण पछि उच्च जोखिम हुने जस्ता विषयबसतुहरुको बारेमा प्रशिक्षार्थीहलाई प्रशिक्षण दिनुभएको थियो ।

 

यसैगरि भुर्तेलले कोभिड रोकथामको रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापन अग्रपंतिमा खटिने व्यक्तिहरु, बृद्धावृद्ध, दिर्घरोगी भएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुलाई बढि आक्रमण गर्ने जस्ता विषयबस्तुहरुको बारेमा उल्लेख गर्नुभएको थियो। कार्यक्रममा बोल्दै देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रले विशेषगरी घरबाट बाहिर निस्कने व्यक्तिमा कोभिडको संक्रमण बढि हुने बताउदै बढि भिडभाड हुने स्थान, सार्वजनिक निकाय, कार्यालय, सामाजिक दुर कायम गर्न नसक्ने बर्गहरमा यसको जोखिम उच्च रहेकोले सुरक्षित भई घरमा नै बस्न समेत अनुरोध गर्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win