गण्डकीका १८ सहित देशभर थप ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु

जेठ २७, पोखरा,

बिहीबार गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । जसअन्तर्गत कास्कीका मात्रै थप १ सय १८ जना रहेका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ३८ पुगेको छ ।
त्यस्तै पछिल्लो समय गण्डकीबाट थप ८ सय ८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ । अहिले प्रदेशभर ६ हजार ५ सय ६० सक्रिय संक्रमित छन् ।

पछिल्लो केहि दिन घटेको मृतक संख्या बिहीबार भने फेरी बढेको छ । विहिबार १८ जनाको मृत्यु पुष्टि भएको हो । जसमध्ये पोखरामा उपचाररत सात जना सहित गोरखा र बाग्लुङका तिनतिन जना तथा नवलपुरका दुईजना र तनहुँ, स्याङ्गजा र म्याग्दीका एकएक जना रहेका छन् । बिहिबार १८ को मृत्यु भएसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ८ सय १७ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय ९३ जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।

यस्तै थप ५९ जनासहित कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म आठ हजार दुई सय ३८ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिले ७७ हजार आठ सय ५८ जना सक्रिय सङ्क्रमित छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 30 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *