+
+
-- Sponsored Ad --

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज

410 पटक हेरिएको
Clock २०७८ बैशाख १९, आईतवार ००:४८
-- Sponsored --

काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ। अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ। 

 

 

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने छ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ। प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन्। त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन्।  मुख्यमन्त्रीले जवाफ दिएपछि  मतदान हुने कार्यसूची तय गरिएको छ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए। तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो। 

 

बैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका चीन सांसद मन्त्री बनेका छन्। यी तीनसहित  जसपाका चारजना पदमुक्त भइसकेका छन्। 

यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब  ८१ सांसद भएका छन्। अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ। सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन्। कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन। 

फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेल सुरक्षित छन्। एमालेका २ जना सांसद नेपाल खनाल पक्षमा  खुलेका छन्। कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस भए मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पर्नेछ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win