Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
कावासोती नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई करिब रु.२८ लाख अनुदान कावासोती नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई करिब रु.२८ लाख अनुदान - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

कावासोती नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई करिब रु.२८ लाख अनुदान

353 पटक हेरिएको
Clock २०७९ असार २६, आईतवार १०:२२
-- Sponsored --

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रु. २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर भित्रका दुग्ध उत्पादक किसानलाई रु. २७ लाख ६९ हजार ४१८ अनुदान स्वरुप प्रदान गरेको कावासोती नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाका शाखा प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।
नगरपालिकाले हाल नगर भित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रति लिटर रु. १.२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगर भित्रका चारवटा सहकारी मार्फत उक्त अनुदान बितरण गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

यहाँ रहेका चारवटा सहकारीमा संकलन भएको कुल २२ लाख १५ हजार ५ सय ३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो । जनकल्याण दुग्ध विकास सहकारी संस्था मार्फत ४ लाख ८ हजार ८५५ लिटर, साना किसान कृषि सहकारी संस्था मार्फत ९ लाख ९ हजार ९७७ लिटर, शिवमन्दिर महिला बहुउद्देश्य सहकारी मार्फत १ लाख ५१ हजार ६५४ लिटर र एकीकृत दुग्ध विकास सहकारी संस्था मार्फत ७ लाख ४५ हजार ४८ लिटर दूध संकलन भएको थियो । सोही आधारमा प्रत्यक सहकारीलाई प्रति लिटर रु.१.२५ पैसाका दरले अनुदान उपलब्ध गराइएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

सहकारीमा दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणाम अनुसार सहकारी मार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षबाट दूधमा दिने अनुदान थप गरेको छ । हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर रु.२५ पैसा थप गरि रु. १.५० पैसा पुर्याउन लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । नगरपालिकाको ११ औँ नगरसभामा पारित गरिएको नीति तथा कार्यक्रममा अनुदान वृद्धि गर्ने उल्लेख गरिएको छ । सोही आधारमा बजेट समेत विनियोजन गरिएको नगर प्रमुख भुसालले बताउनुभयो ।

उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख पौडेलले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई थोरै भएपनि राहत होस भनेर अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो । ‘किसानलाई केही राहत होस भनेर नगरले अनुदान दिँदै आएको छ, अनुदानलाई अझ प्रभावकारी बनाउदै, उत्पादनमा जोड दिने गरि प्रदान गरिएको छ’ शाखा प्रमुख पौडेलले भन्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win