+
+
-- Sponsored Ad --

नवलपुरमा रासायनिक मलको अभाव, किसानले मलबिना नै धान रोपाइँ गरे

341 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १३:४७
-- Sponsored --

नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएपछि किसानहरूले प्राङ्गारिक मल र केही किसानले मलविनानै धान रोपाइँ गर्न लागेका छन् ।

असारको अन्तिम साता बित्न लाग्दा समेत मल नपाएपछि उनीहरूले गाई वस्तुको मल र ढैचाको प्रयोगबाट धान रोपाइँको तयारी गरेका हुन् । जिल्लामा अहिले डिएपी मल शून्य अवस्थामा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएकाे छ ।

मानो रोपेर मुरी फलाउने महिना हो असार, तर रोपाइँको समयमा रासायनिक मल नपाउँदा नवलपुरका किसानहरू खिन्न भएका छन् । यहाँका केही किसानहरूले प्राङ्गारिक मल र केही किसानहरूले मलबिनानै रोपाइँ गर्न लागेका हुन् । असार महिनाको अन्तिम सातामा पनि मल पाउन नसकेपछि मकै, तोरी छर्दा छरिएको गाईवस्तुको मल र ढैचाको प्रयोगले रोपाइँको तयारी सुरू गरेको किसान बताउँछन् ।

रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले वर्षेनी मलको समस्या झेल्नुपरेको छ । धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नवलपुरले जनाएको छ । जिल्लामा अहिले डिएपी मल शून्य अवस्थामा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नवलपुरकी निमित्त प्रमुख शोभा न्यौपानेले बताउनुभयो ।

कृषि साम्रागी कम्पनीबाट प्राप्त हुने मल नवलपुरमा ९८ वटा विभिन्न सहकारी संस्था र एग्रो मार्फत किसानलाई उपलब्ध गराइँदै आएको छ । जिल्लामा धान रोपाइँका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्न समेत कठिन भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win