यस्तो बाघ जो आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बन्यो ।

एजेन्सी, १० चैत । रुसको एक चिडियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ ।

 

विटास नामको आठ महिनाको यो बाघ अमुर प्रजातिको हो । यो प्रजातिका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेको जस्तै आवाज निकाल्छ ।

 

सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेको जस्तो र कतिपयका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ । चिडियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ खिच्न यो बाघ चिच्याउने गर्छ ।

विटास त्यतिबेलासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् । यो प्रजातिको बाघ संसारकै सबैभन्दा ठूलो बाघ हो, तर यो प्रजाति खतरामा छ ।

पूर्वी रुसमा यस प्रजातिका केवल ६ सय बाघ आफ्नो प्राकृतिक घरमा सुरक्षित छन् । सोभियत संघको विघटनपछि शिकारी बढ्दा उनीहरुको अस्तित्वमा संकट उत्पन्न भएको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 60 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 67 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *