+
+
-- Sponsored Ad --

जुम्लामा पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु

247 पटक हेरिएको
Clock २०७९ असार ३१, शुक्रबार ११:१५
-- Sponsored --

काठमाडौं । जुम्लामा लघु जलविद्युत आयोजनाको पावर हाउस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिएर चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सुर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बिहीबार राति चौकीदार गोरक गाउँतिर गएको बेलामा ठूलो पानी परेको र कुलोमा घाँस दाउरा जम्मा भएर रोकिएको पानी वेगले बग्दा घर भासिएको बताइएको छ । साेही घटना राति साँढे २ बजे भएकाे भएपनि स्थानीयबासीले भने बिहान ४ बजे मात्र थाहा पाएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win