+
+
-- Sponsored Ad --

डलरको मूल्यमा नयाँ रेकर्ड

308 पटक हेरिएको
Clock २०७९ असार ३१, शुक्रबार १२:१७
-- Sponsored --

३१ असार, काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूलय पुनः नयाँ उचाइमा पुगेकेा हो ।

शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा थप कमजो बन्दा त्यसको प्रभाव नेपाली मुद्रमा पनि परेको छ । नेपाली र भारतीय मुद्रामा स्थिर विनिमय दर रहेको छ । जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्ने गर्दछ ।

असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो । त्ययता पनि केही घटबढ हुँदै  असार ३० गते १२७ रुपैयाँ ७२ पैसामा कारोबार भएको डलर पहिलो पटक १२८ रुपैयाँ पुगेको हो ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win