+
+
-- Sponsored Ad --

राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : एमाले महासचिव पोखरेल

271 पटक हेरिएको
Clock २०७९ श्रावण १, आईतवार १०:५४
-- Sponsored --

१ साउन, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् ।

गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् ।

प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘दुनियाँमा कहीँ पनि गठबन्धनको माध्यमबाट राष्ट्रले समृद्धि हासिल गरेको इतिहास पढ्न पाउँदैनौं । गठबन्धन भनेको एक प्रकारले संकटको व्यवस्थापन मात्रै हो, समृद्धिको आधार होइन ।’

उनले अगाडि भने, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदाबाजी, राजनीतिक अस्थिरता, वैदेशिक चलखेललाई निम्ताएको छ । समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ । अब मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यकता छैन ।’

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win