+
+
-- Sponsored Ad --

भ्रष्टाचारको आरोप लागेका भारतीय सांसदलाई अदालतमा उपस्थित गराइँदै

327 पटक हेरिएको
Clock २०७९ श्रावण १६, सोमबार ११:५१
-- Sponsored --

काठमाडौं । भ्रष्टाचारको आरोपमा लागेका भारत महाराष्ट्रका प्रभावशाली नेता सञ्जय राउत आज (सोमबार) अदालतमा उपस्थित हुने भएका छन्

भारत महाराष्ट्रको शक्तिशाली पार्टी शिवसेनाका प्रभावशाली नेता राउत भ्रष्टाचार तथा मुद्रा अपचलनको मुद्दामा पक्राउ परिसकेका छन् । केही दिन यता नेता राउतसँग सोधपुछ गरिरहेको प्रवर्तन निर्देशनालय (इडी) ले राउतलाई आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार अदालतमा उपस्थित गराएर म्याद थप्ने तयारीमा इडी रहेको जनाइएको छ ।

इडीको टोलीले आइतबार उनको घरमा छापा समेत मारेको थियो । साेही क्रममा उनको घरबाट केही नगद बरामद गरेको जनाइएको छ । पात्राचाल हाउजिङ विकास कार्यक्रममा भएको ११ हजार करोडको घोटालामा नेता राउत संलग्न रहेको आरोप लगाइएको छ ।

नेता राउतले भाइ प्रवीण राउत मार्फत ठेक्कापट्टाको काम गराएर ठूलो रकम हात पारेको आरोपमा इडीले छानविन गर्दै आएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win