नेपाल जोर्डनसँग ३–० ले पराजित, आज अष्ट्रेलिया र चाइनिज ताइपेइ बिच प्रतिस्पर्धा हुने

जेठ २५, कास्की,

विश्वकप तथा एसियन कप छनोटको खेलमा जोर्डनसँग नेपाली राष्ट्रिय फुटबल टोली ३–० ले पराजित भएको छ । कुवेतमा भएको एकपक्षीय खेलमा जोर्डनले खेलको २४ औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।
जसलाई फैजलले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको टोलीले दोश्रो हाफमा थप २ गोल व्यर्होन पुग्यो । ४९ औ मिनेटमा फैजलले अग्रता दोब्बर बनाए । नेपाली डिफेन्डर अनन्त तामाङले जोर्डनी खेलाडीलाई फाउल गरेपछि पाएको फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै गोल भएको थियो । ६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो ।
दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले सहजै हेडरमार्फत गोल गरेका थिए । यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक जोडदै दोश्रो स्थानमा उक्लिएको छ । समान खेलमा १० अंक सहित कुवेत तेस्रो स्थानमा छ । आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ ।
नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अष्ट्रेलिया विरुद्ध जित निकाल्दै समुहका अन्य टोलीको नतिजा पर्खनुपर्ने हुन्छ । हार बेहोरे पनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ ।
नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 27 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 26 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *