+
+
-- Sponsored Ad --

गजलः कला चाहिन्छ ।

679 पटक हेरिएको
Clock २०७८ बैशाख २२, बुधबार २२:२२
-- Sponsored --

गजल मूर्ति बन्नु पुर्व पत्थरलाई छिनोको कला चाहिन्छ!

मान्छेलाई मान्छे बन्न मान्छेहरुकै हमला चाहिन्छ!

अहङ्कार पतन गर्नेछु मेरा प्रिय दुश्मनहरुको,

यो कलियुग हो यहाँ हर चिजको बदला चाहिन्छ!

जन्मिदा मात्र हो तिथि र शुभ अशुभ हेरिने ,

मर्ने बेलामा न घडि चाहिन्छ न त पला चाहिन्छ!

जिन्दगी जस्तै जिन्दगानी बनाउन पनि

सखी हासो खुशी अनि रोदनको शृङ्खला चाहिन्छ ‌

ताली बजाएर जानुहोस् बधाई दिन नसके पनि,

मलाई गजल लेख्न हजुरहरुकै हौसला चाहिन्छ!

निमा पौडेल तिवारी

देवचुली १,नवलपुर 

गण्डकी प्रदेश

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win