0 प्रतिक्रिया
नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार २७ असारदेखि
२३ असार, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने छ ।
राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार अब असार २७ गतेदेखि एकीकृत रुपमा नबिल बैंकको नामबाट सुरु हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



