+
+
-- Sponsored Ad --

चीनसँगका दुवै नाकाबाट एकतर्फी व्यापार

526 पटक हेरिएको
Clock २०७९ श्रावण १९, बिहीबार ०८:२०
-- Sponsored --

काठमाडौं । नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको व्यापारघाटा बेहोरेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रूपैयाँको व्यापारघाटा बेहोरेकोमा गत आर्थिक वर्षमा ३१ अर्ब मात्रले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले आव २०७७/ ०७८ मा चीनतर्फ १ अर्ब १ करोड ६० लाख रूपैयाँको वस्तु निकासी गरेकोमा गत आ.व.मा भने ८० करोड ७८ लाख ५४ हजार रूपैयाँ मात्रैको निकासी भएको छ ।

यसरी एक वर्षमा आयात ३१ अर्बले बढे पनि निर्यात भने २१ करोडले कमी आएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win