सरकार गठनका लागि राष्ट्रपतिको आह्वानको सर्वत्र आलोचना, संविधान मिचेर प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको टिप्पणी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको २१ घण्टे समयसीमाको सर्वत्र आलोचना भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।
तर राष्ट्रपति भण्डारीले प्रक्रिया मिचेर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै विभिन्न राजनीतिक दल, संविधान र कानुनविद्, बुद्धिजीवी लगायतले विरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको विपरीत भएको बताइसकेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले विश्वासको मत लिने प्रक्रियामा सहभागी नभइ बहालवाला प्रधानमन्त्रीले राजीनामा नदिइ नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गर्नु गैरसंवैधानिक भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्ने र गैरसंवैधानिक गतिविधिमा संलग्न राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन माग गर्नुभएको छ ।
यस्तै संविधानविद् भिमार्जुन आचार्यले पनि नियतले नै प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको बताउनुभएको छ ।
उहाँले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था नभएको जिकिर गर्नुभएको छ ।
राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन नसक्ने भन्दै संविधानविद् आचार्यले संविधानको धारा ७६ (३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको आरोपसमेत लगाउनुभयो ।
संविधानको धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री भएको व्यक्तिले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
तर ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने प्रस्ट संवैधानिक व्यवस्था छ ।
यो व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले जेठ मसान्तसम्म विश्वासको मत नपाए यो विकल्प खुला हुने हो । तर अविश्वासको मत नलिइकनै र राजीनामा पनि नदिइकनै नयाँ सरकार गठनको आह्वान भएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको