करेण्ट लागेर विनयी त्रिबेणीमा टिपर चालकको मृत्यु

नवलपुर, कार्तिक २४ । 
नवलपुरमा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ  । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोरन्डी खोलामा प्र.२–०३–००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर चालक रुपन्देही बस्ने ३८ वर्षीय देवेन्द्र नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

निस्दी कन्स्ट्रक्सन एण्ड सप्लायर्सको उक्त टिपर खोलामा धुने क्रममा हाइटेन्सन लाइनको नाङ्गो तारमा छुन पुगेको थियो ।  प्रहरीले चालकको घटनास्थलमै मृत्यु जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *