+
+
-- Sponsored Ad --

सिन्धुलीमा कर्मचारीको लापर्बाहीका कारण खानेपानीको समस्या

325 पटक हेरिएको
Clock २०७९ भाद्र १५, बुधबार १०:३२
-- Sponsored --

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा शिद्धेश्वर खानेपानीबाट प्रयाप्त स्वच्छ खानेपानी प्राप्त गर्न नसकेपछि स्थानीयबासी पीडित भएका छन् ।

स्थानीयबासीले धारामा खानेपानी नआएपनि प्रत्येक महिना चर्को बिल तिर्न भने बाध्य भएकाे बताएका छन् । सिन्धुलीमाडीका उपभोक्ताहरु वर्षायामको समयमा कैयाैं दिन पानी आपूर्ति नहुने, पानी धारामा आएपनि धमिलो र पिउन लायक नहुुने भएका कारण स्थानीयबासी पीडित बनेका हुन् ।

फोहोर पानी पिएकै कारण विगतमा १० जनाको सिन्धुलीमा झाडा पखालाका कारण अकालमै ज्यान गएको थियो भने फोहोर पानी पिएका कारण झाडा पखाला लागेर अस्पतालमा उपचार गराउनेहरुको संख्या समेत बढेकाे थियाे । शिद्धेश्वर खानेपानीको चरम लापर्बाहीका कारणले सिन्धुलीमाडीमा खानेपानी आपूर्ति गर्ने पानी निजी कम्पनीहरुको व्यापार फस्टाएर गएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा खानेपानीको व्यवस्थापन गर्न विगतमा जनस्तरबाट निर्वाचित शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ताका निर्वाचित पदाधिकारीहरु र कर्मचारीहरुको लापर्बाहीका कारण खानेपानीको समस्या समाधान हुन नसकेको आरोप स्थानीयले लगाउन थालेका छन् ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीका उपभोक्ताका लागि प्रयाप्त खानेपानीको प्रबर्द्धन मिलाउनका लागि एशियाली विकास बैंकको २ करोड ११ लाख ८६ हजार ऋण सहयोग, साना शहरी विकास आयोजनाको ५० प्रतिशत अनुदान, स्थानीय उपभोक्ताबाट ५ प्रतिशत नगद तथा १५ प्रतिशत, श्रमदान गरी कुल ७ करोड ७ लाख २० हजार र खानेपानी कार्यालयको करोडौंको लागतमा २-३ वटा बृहत खानेपानी आयोजनाको काम सम्पन्न भएकाे छ ।

तर नयाँ उपभोक्ताहरु बढेका कारणले खानेपानीको माग समेत बढ्दा आपूर्ती भने बढ्न सकेको छैन् । विगतमा जिल्ला सदरमुकामस्थित स्थानीय कमलामाई नगरपालिका क्षेत्रका सबै सर्वसाधारणलाई स्वच्छ खानेपानी सुविधा प्राप्त हुने भनिएता पनि व्यवहारमा भने त्यस्ताे हुन नसक्दा खानेपानीको समस्या दिनदिनै बढ्दै जान थालेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×

छुटाउनुभयो कि ?

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको उनले बताए । ‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डको भनाइ छ, ‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’ प्रचण्डले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिने प्रचण्डको भनाइ छ । ‘एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुपर्यो,’ उनको भनाइ छ, ‘त्यो नेतृत्व नहुने हो भने अरु हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ । एमाले भित्रका हजारौं नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ ।’ माओवादी अध्यक्ष प्रचण्डले सबै माओवादीबीच एकता आवश्यक रहेको पनि बताए ।

🎡 Spin & Win