गण्डकीका १२ सहित देशभर थप ५३ जनाको संक्रमणबाट मृत्यु, नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत पुग्यो

जेठ ३१, पोखरा,

सोमबार गण्डकीमा थप ३४३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७३ जनामा गरिएको नमुना परीक्षणमा थप ३४३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ५८ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५० हजार ६४७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ८४२ जना कोरोनामुक्त भएसँगै प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४४ हजार ४६१ पुगेको छ ।

त्यस्तै सोमबार पनि कोरोनाका कारण गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । जसमा कास्की, तनहँु र म्याग्दीका एकएक जना सहित लमजुङ, पर्वत र मुस्ताङ्गका दुईदुई नवलपुरका तीन जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८५० पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार एक सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।

अहिले नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा दुई हजार नौ सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । नौ हजार चार सय ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार तीन सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट प्राप्त विवरणसहित ५३ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ६५ पुगेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *