+
+
-- Sponsored Ad --

तुरिया नदीमा उत्खनन बढ्यो

234 पटक हेरिएको
Clock २०७९ चैत्र २४, शुक्रबार १३:५९
-- Sponsored --

काठमाडाैं । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ ।

हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै बढ्दै गएको छ ।

तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन गर्न गिरोह सक्रिय भएको स्थानीय बताउँछन् । नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा, मिसकट रातदिन उत्खनन गरी अन्यत्र लैजाने गरेको पाइएको हो ।

चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्रयाक्टरमा ढुंगागिट्टी, बालुवा, मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठूलो परिमाणमा संकलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौन रहेको स्थानीयहरुको गुनासो छ ।

प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् ।

नदी छेउमा अनुमति बिना ढुंगागिट्टी संकलन गर्न पाइँदैन । सुनवल नगरपालिकाले चुरे क्षेत्रका खोला तथा नदीबाट ढुंगा निकासी गर्न रोक लगाएको दाबी गर्दै आएपनि नदी उत्खनन रोकिएको छैन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win