
कात्तिक १४, देवचुली ।। लायन्स क्लब अफ देवचुली दिब्यद्वारा बृद्ध आश्रममा खाद्यन्न सहयोग गरेको छ । आइतबार कावासोती नगरपालिका वडा नं १२ मा रहेको लक्ष्मी नारायण बृद्ध आश्रममा एक कार्यक्रमको आयोजना गरि खाद्यन्न सहयोग गरेको हो ।
लायन्स क्लब अफ देवचुली दिव्यका अध्यक्ष निरज सापकोटाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा लक्ष्मी नारायण बृद्ध आश्रममा रहँदै आइरहनुभएका बृद्धबद्धाहरुलाई न्यानो कपडा र खाद्यन्न सहयोग गरिएको हो ।
लायन्स क्लब अफ देवचुली दिव्यका अध्यक्ष निरजका सापकोटाको अनुसार चिसो बढेसँगै बृद्धबृद्धा बुबाआमालाई धेरै समस्या हुनेहुँदा उहाँहरुलाई संस्थाले सानो सहयोग गरेको बताउनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ देवचुली दिव्यका लायन्सहरुको उपस्थिती रहेको थियो भने लक्ष्मी नारायण बृद्ध आश्रमका अध्यक्ष दिपक सोतीको उपस्थिती रहेको थियो ।
न्यानो कपडा र खाद्यन्न पाउँदा बृद्धबृद्धा आमाबुबाहरु खुशी देखिनुभएको थियो । लायन्स क्लब अफ देवचुली दिब्य सामाजिक कार्यमा अग्रसर भएर लागि रहेको छ ।