Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
लायन्स क्लब अफ देवचुलीद्वारा खाद्यन्न र न्यानो कपडा सहयोग लायन्स क्लब अफ देवचुलीद्वारा खाद्यन्न र न्यानो कपडा सहयोग - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

लायन्स क्लब अफ देवचुलीद्वारा खाद्यन्न र न्यानो कपडा सहयोग

452 पटक हेरिएको
Clock २०७८ कार्तिक १४, आईतवार २०:१६
-- Sponsored --

कात्तिक १४, देवचुली ।। लायन्स क्लब अफ देवचुली दिब्यद्वारा बृद्ध आश्रममा खाद्यन्न सहयोग गरेको छ । आइतबार कावासोती नगरपालिका वडा नं १२ मा रहेको लक्ष्मी नारायण बृद्ध आश्रममा एक कार्यक्रमको आयोजना गरि खाद्यन्न सहयोग गरेको हो ।

लायन्स क्लब अफ देवचुली दिव्यका अध्यक्ष निरज सापकोटाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा लक्ष्मी नारायण बृद्ध आश्रममा रहँदै आइरहनुभएका बृद्धबद्धाहरुलाई न्यानो कपडा र खाद्यन्न सहयोग गरिएको हो ।

लायन्स क्लब अफ देवचुली दिव्यका अध्यक्ष निरजका सापकोटाको अनुसार चिसो बढेसँगै बृद्धबृद्धा बुबाआमालाई धेरै समस्या हुनेहुँदा उहाँहरुलाई संस्थाले सानो सहयोग गरेको बताउनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ देवचुली दिव्यका लायन्सहरुको उपस्थिती रहेको थियो भने लक्ष्मी नारायण बृद्ध आश्रमका अध्यक्ष दिपक सोतीको उपस्थिती रहेको थियो ।

न्यानो कपडा र खाद्यन्न पाउँदा बृद्धबृद्धा आमाबुबाहरु खुशी देखिनुभएको थियो । लायन्स क्लब अफ देवचुली दिब्य सामाजिक कार्यमा अग्रसर भएर लागि रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win