0 प्रतिक्रिया
मोहन वैद्य र धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीबीच एकता
२४ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् ।
आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन)ले यो एकता प्रक्रियामा नेकपा मसाललाई पनि सामेल गराउन प्रयास भइरहेको बताएका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



