0 प्रतिक्रिया
विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो
१६ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।
तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ ।
बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।
त्यस्तै संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।
हेर्नुहोस् तारा एयरको विज्ञप्ति

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



