0 प्रतिक्रिया
आगलागी पिडितलाइ सहयोग
आगलागीबाट परालको टौवा र काठपात समेत जलेर क्षति भएकाको परिवारलाइ कावासोती नगरपालीकाले नगद सहयोग गरेको छ ।

गत बैसाख ७ गते कावासोती नगरपालिका वडा नम्वर ४ निवासी पुर्णमाया विकको करिव १ विगाहा वरावरको पराल तथा काठपात जलेर नष्ट भएपछि कावासोती नगरपालिका वडा ४ का वडाध्यक्ष नारायण प्रसाद लोहनीले तत्काल राहतका लागी नगरप्रमुख सग पहल गरेपछि नगरपालिकाले २० हजार रकमको चेक उपलव्ध गराएको थियो ।

सो रकम वरावरको चेक वडाध्यक्ष लोहनीले आगलागी पिडित पुर्णमायाको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



