+
+
-- Sponsored Ad --

शून्य समयमा सांसदले उठाए मलदेखि जलसम्मका समस्या

377 पटक हेरिएको
Clock २०७९ जेष्ठ २७, शुक्रबार १६:०४
-- Sponsored --

२७ जेठ, काठमाडौं । सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन् । उनले भनिन्, ‘चट्याङ, बाढी पहिराले देशमा धेरै भू–भागमा धनजनको क्षति पुर्‍याइरहेको छ, सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन ।’

सांसद भूपेन्द्रबहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदा-पाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गरिन् ।

सांसद राजेन्द्रकुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेका गुनासो गरे ।

सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने कुरा सरकारलाई जानकारी भएपनि प्रत्येक पटक मल पाउन मन्त्री नै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।

सांसद मीना सुब्बाले कृषकले माना रोपेर मुरी उब्जाउने बेलामा समयमा मल नपाउने कारणले गर्दा मारमा पर्ने गरेको हुँदा समयमै किसानलाई मलको व्यवस्थापन गर्नु पर्ने बताइन् ।

सांसद राजेन्द्रप्रसाद लिङ्देन र महेन्द्रकुमारी लिम्बूले झापा कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरेर राखेको जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले सरकारले डिजेल र पट्रोलको मूल्य , निर्माण क्षेत्रमा २५ प्रतिशत सामग्री मूल्य बृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।

मीनबहादुर विश्वकर्माले यही जेठ २० गते ललितपुरमा गुरुकूलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीले पढ्न नदिएको र सामाजिकरूपमा छुवाछूत फैलाउने गुरुकूलका प्राचार्य तेजप्रसाद भट्टराई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले अवैधरूपमा नेपालीलाई खाडी मुलुक र अन्य मुलुकमा समेत मानव तस्करी हुने गरेकोप्रति अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराउइन् ।

सांसद रेनुका गुरुङले सांसदले खानेपानी खान पाउनुपर्ने र जुनसुकै स्थानमा पनि जानका लागि रोक लगाउन नहुने बताइन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win