+
+
-- Sponsored Ad --

पूर्वपश्चिम राजमर्गमा सुनवलस्थित डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

959 पटक हेरिएको
Clock २०८० जेष्ठ ११, बिहीबार १८:३०
-- Sponsored --

 बिनोद निगम, नवलपरासी ,११ जेठ : पश्चिम नवलपरासीको सुनवलस्थित सोमनाथ खोलाको पुल नजिकको डाईभर्सन बाढीले बगाउदा पुर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

सुनवल नगरपालिका- १ स्थित निर्माणधिन अबस्थामा रहेको सोमनाथ खोला पुल नजिक रहेको डाईभर्सन आज दिउँसो २:१५ बजेको समयमा परेको अविरल बर्षाको कारण खोलामा पानीको बहाव बढी डाईभर्सन बगाउदा पुर्व पश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको हो ।

No description available.

उक्त स्थानमा प्र.ब.ना.नि. बाल बहादुर घर्ती मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट ५ जनाको टोली खटि सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

अबरुद्ध राजमार्ग मर्मत कार्य गर्न पानीको बहाब नघटेसम्म डाईभर्सन बनाउन सक्ने अबस्था नभएकोले उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवल चोकबाट परासी – भुमही चोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको पाण्डेयले जानकारी दिएका छन्

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win