+
+
-- Sponsored Ad --

रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

244 पटक हेरिएको
Clock २०८० असार ११, सोमबार १४:२१
-- Sponsored --

काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।

याद नेपाली म्युजिक फेस्टिभल भाग-२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी भएका हुन् । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । सोमबार बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । यसअघि जापान कन्सर्टमा र्‍यापर भिटेनमाथि बियरको बोतल प्रहार भएको थियो भने अमेरिकामा राजेशपायल राईमाथि स्टेजमा एक व्यक्तिले निन्दनीय हर्कत गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win